काठमाडौँ – भारतीय मिडिया आजतकले नेपाली अभिनेता राजेश हमाललाई भारतीय अभिनेता अमिताभ बच्चनसंग तुलना गरेको छ । आजतकको अनलाइन संस्करणले राजेश हमालको तारिफ गर्दै उनको जीवनका रोचक घटना उल्लेख गरेको छ ।


ADVERTISEMENT


‘नेपाली सिनेमामा अमिताब बच्चनका रुपमा चिनिने राजेश हमाल भारतीयहरुका लागि त्यती चिनेको अनुहार होइन । तर, राजेश नेपालका एक यस्ता सुपर स्टार हुन् जसलाई महानायकका रुपमा चिनिन्छ ।’ आजतकले भनेको छ, ‘५५ वर्षीय राजेशको नेपालमा लोकप्रियता त्यती नै छ जति भारतमा अमिताभ बच्चन र शाहरुख खानको छ ।’


ADVERTISEMENT

# # #


राजेश हमालले आफ्ना परिवारको चाहना विपरित फिल्म क्षेत्र रोजेका भन्दै आजतक लेख्छ, ‘राजेश हमालका बुवा चुडा बहादुर हमाल पाकिस्तानका लागि नेपाली राजदूत थिए । त्यतिबेला सिनेमामा काम गर्नु राम्रो मानिँदैनथ्यो । उच्च घरानाको प्रतिनिधित्व गर्ने राजेशले सिनेमामा आउँदा निकै संघर्ष गर्नुपरेको थियो ।’

लामो कपाल खुब मनपराउने राजेशले आफ्ना बुवाको मृत्युपश्चात परम्परा अनुसार कपाल मुण्डन नगरेको आजतकले बताएको छ । समाचारमा राजेशले आफुभन्दा २२ वर्ष कान्छी मधु भट्टराईसंग विवाह गरेको र उनीहरुको प्रेम कहानी रोचक रहेको उल्लेख गरेको छ ।