काठमाडौं – नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ ।
दशैं, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् ।
यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान मात्रै घर लैजाने होइन, नेपालमा सर्वाधिक रुचाईएको इलेक्ट्रिक एसयुभी, नयाँ टाटा पन्च इभि नै जित्ने अवसर पनि प्राप्त गर्न सकिनेछ ।
योजना अन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा रु. २,५०० वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च इभि उपहार प्रदान गरिनेछ ।
साथै, भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटाको पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले बताएको छ । यो चाडपर्वमा भाटभटेनीमा सपिङ्ग गर्दा ग्राहकहरुले २ नंया टाटा पन्च इभि जित्न सक्नु हुनेछ ।
यस योजनाको सबैभन्दा ठूलो आकर्षण बनेको नयाँ टाटा पन्च इभि अहिलेको बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको आधुनिक इलेक्ट्रिक एसयुभी हो । नयाँ पन्च इभिमा विद्युतीय ड्राइभिङको सहजतासँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।
अत्याधुनिक ‘एक्टि.इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ पध्ज र ४० पध्ज क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन् ।
टाटा मोटर्स नेपालमा रहेको २० वटा शोरुम संगै अब नेपालभरीको २८ वटा भाटभटेनीमा पनि टाटा कारको जानकारी लिन सकिने छ । यसको साथै यो चाडपर्वको बेलामा भाटभटेनीमा सपिङ्ग गर्ने टाटा कारको ग्राहकहरुले थुप्रै सरप्राइज पाउने कम्पनिले जनाएको छ ।

















