एजेन्सी – हङकङमा सरकार विरोधी प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय विमानस्थल ‘कब्जा’ गरेका छन् ।


ADVERTISEMENT


हङकङ अन्तराष्ट्रिय हवाई अड्डाको टर्मिनल सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले भरिएको छ । यससँगै सबै उडान रद्द भएको छ । १०० बढी विमान उड्न सकेको छैन ।


ADVERTISEMENT

# # #


यो विमानस्थल विश्वको सबैभन्दा व्यस्त मानिन्छ ।

A Protester standing behind luggage trolleys while holding up a placard in Hong Kong International Airport in Hong Kong on August 12, 2019 , Tens of Thousands Protester are seen gather in Hong Kong international airport in protest of Police Brutally and the extradition bill — Protester Clash with Police yesterday in Hong Kong. (Photo by Vernon Yuen/NurPhoto via Getty Images)

सरकारले ल्याएको सुपर्दुगी विधेयकलाई लिएर हङकङमा सरकारविरोधी प्रदर्शन सुरु भएको थियो । तर हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले माफी माग्दै विधेयक फिर्ता लिएपछि पनि प्रदर्शन रोकिएको छैन । क्यारीले राजीनामा दिनुपर्ने प्रदर्शनकारीको माग छ ।