काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट मध्य फागनुबाट सुरु हुने भएको छ । आयोजक ईपीएल प्रालीले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । ईपीएल १७ फागनुदेखि १ चैत (फेब्रुअरी २९-१४ मार्च) सम्म आयोजना हुनेछ ।


ADVERTISEMENT


आयोजकले यो पटक नयाँ नियम लागू गरेको छ । उसले आइकोनिक खेलाडी टेष्ट नेशनको हुनुपर्ने बताएको छ । यसअघिका सिजनमा नेपाली खेलाडीहरुलाई मार्की प्लेयर राख्ने गरिएको थियो ।


ADVERTISEMENT

# # #


ईपीएलमा काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रियटस, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स गरी ६ टिम रहेका छन् ।

यसअघि २०१८ को संस्करणको ईपीएल क्रिकेटको उपाधि ललितपुर प्याट्रियटसले जितेको थियो । फाइनलमा १४ रनले पराजित हुँदै भैरहवा ग्लाडिएटर्स उपविजेतामा सीमित भएको थियो ।