काठमाडौँ – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले ट्वीट गर्दै अमेरिकाले आफूलाई भिसा दिन इन्कार गरेको बताएका छन् ।


ADVERTISEMENT


आगामी सेप्टेम्बर ४ देखि सुरु क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेट खेल्नका लागि अमेरिकाको भिसा अप्लाई गरेका थिए । यो वर्ष सीपीएल अमेरिकामा समेत हुँदैछ ।


ADVERTISEMENT

# # #


ट्वीटरमा उनले भनेका छन्, ‘टी-२० का लागि अमेरिकाको भिसा चाहिने भएकाले म आज नेपालस्थित अमेरिकी दूतावासमा भिसाका लागि पुगेको थिएँ । २०१६ देखि एउटा राष्ट्रिय क्रिकेट खेलाडीको रुपमा आफ्नो देशलाई प्रतिनिधित्व गर्दै विश्वका फ्रेन्चाइज लिगमा प्रतिनिधित्व गरिरहेको छु । तर म आश्चर्यचकित भएको छु कि मेरो भिसा अस्वीकृत भएको छ ।’

उनले चाहिनेजित सबै कागजात बुझाउँदा पनि भिसा नपाउँदा आफू शब्दहीन भएको र भिसा नपाए आफूलाई सीपीएलमा सहभागिता जनाउन गाह्रो हुने उनले उल्लेख गरेका छन् । ट्वीटमार्फत नै उनले परराष्ट्र मन्त्रालय, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, हेलो सरकार र अमेरिकी दूतावासलाई समेत मन्सन गरेका छन् ।

सन्दीपले अमेरिकालाई किन दिएन भिसा ?

पछिल्लो समय घुम्ने बाहाना वा कार्यक्रमका बाहाना गर्दै अमेरिका जाने र फेरि स्वदेश नफर्किने र अवैधानिक रुपमा बस्ने प्रवृत्ति बढेपछि अमेरिकाले भिसामा कडाई गरेको छ । पछिल्लो समय अमेरिका जाने नेपाली को संख्या ह्वात्तै बढेको छ । नेता, कलाकारदेखि खेलाडीसम्म अमेरिका गइरहेका हुन्छन् । केही कलाकार अमेरिका गएर उतै फरार भएका उदाहरण पनि छन् ।

यही कारण पनि अमेरिकाले नेपालीहरुलाई भिसामा कडाइ गरिरहेको छ । सायद सन्दीप पनि त्यसकै सिकार भएको हुनसक्छ । यद्दपी सन्दीपले किन भिसा पाएनन्, त्यो भने खुल्न बाँकी नै छ ।