काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट अनुगमनमा खटिएको प्रहरीको भ्यानले ठककर दिँदा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले मंगलबार राती बालकुमारी र कोटेश्वर जोड्ने पुलमुनी एक यात्रुलाई ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


ठक्करपछि घाइतेलाई उद्दार गरी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो । घाइतेको आज बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति सडकमै बस्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । घाइते मान्छेले बोराको कपडा बनाएर लगाएको पाइएको भन्दै उनी मानसिक सन्तुलन गुमाएको व्यक्ति हुनसक्ने बोगटीले बताए ।

घटनाको अनुसन्धानका लागि चालक र सवारीसाधनलाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।