एजेन्सी – भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारतले एक अर्काका मुख्य चासोको सम्मान गर्दै मतभेदको समाधान गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सामबारमात्रै तीन दिने चीन भ्रमण पूरा गरेका निस्किएका विदेशमन्त्री जयशंकरले चीन र भारतको सम्बन्धले ‘विश्वव्यापी आयाम’ हासिल गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


विश्वमा शान्ति, स्थिरता र विकासका लागि भारत र चीनबीच सञ्चार र सम्वन्वय हुन आवश्यक रहेको उनले उल्लेख गरे । उनले भने, ‘दुई देशले एक अर्काको अभिव्यक्तिको बलियो क्षेत्र खोज्नुपर्दछ । एक अर्काको मुख्य चासोको सम्मान गर्नुपर्दछ । मतभिन्नता व्यवस्थापन गर्ने तरिकाहरू खोजेर द्विपक्षीय सम्बन्धको दिशाको रणनीतिक दृष्टिकोण बनाउनु पर्छ ।’

पहिलो पटक विदेशमन्त्री बनेका जयशंकरले आफ्नो विदेश यात्रा चीनत्रबाट नै सुरु गरेका हुन् । चीन भ्रमणका क्रममा पछिल्लो काश्मिर विवाद र भारतले गरेको निर्णयबार पनि चिनियाँ समकक्षीसंग उनले छलफल गरेको बताइएको छ ।

जयशंकरको चीन भ्रमण भन्दा पहिले पाकिस्तानी विदेशमन्त्रीले चीन भ्रमण गरेका थिए । जसमा उनले भारतले जम्मू कश्मिरमा गरेको निर्णयलाई मसद्दा बनाएर संयुक्त राष्ट्रमा जानका लागि चीनको सहयोग मागेका थिए ।