काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर नियन्त्रणमा लिइएका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालत पुर्याइएको छ । लामिछानेसंगै न्यूज २४ कै पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई पनि म्याद थप गर्न जिल्ला अदालत पुयाइएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्महत्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगिएको थियो ।

लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका हुन् भने कार्की कलंकीबाट पक्राउ परेकी हुन् । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।