काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको नेतृत्व गर्नेहरूको नाम टुंग्याएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो।


ADVERTISEMENT


निकै लामो समयदेखि चर्चामा रहेको नेकपाको स्कुल विभागको जिम्मा ईश्वर पोखरेलले पाएका छन् । सचिवालय बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो । स्कुल विभागमा नेकपाका ८ जना नेताको को दाबी परेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले वामदेव गौतमलाई संगठन विभागको नेतृत्व दिएको छ भने नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुख बनाएको छ ।

माधव नेपालले भने विदेश विभाग प्रमुखको नेतृत्व सम्हाल्नेछन् । अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे चयन भएका छन् भने योगेश कुमार भट्टराई पर्यटन विभाग प्रमुखमा छनोट भएका छन् ।

नीति अध्ययन प्रतिष्ठान विभाग प्रमुख झलनाथ खनाललाई बनाइएको छ ।