सुनसरी । ईलाका प्रहरी कार्यालय पकली सुनसरी चोरी नियन्त्रणमा अब्बल देखिएको छ । ईन्सपेक्टर जितेश दाहालको नेतृत्वमा रहेको प्रहरीले पछिल्लो समय अपराध तथा चोरी नियन्त्रणमा सक्रियता देखाउँदै शान्ति सुरक्षाको प्रत्याभुतिमा जोड दिएको हो ।


ADVERTISEMENT


पछिल्लो समय सुनसरी रामधुनी ३ स्थित लायन्स चोकको झाडीमा नम्बर प्लेट र रङ्ग समेत बदलेर राखिएको चोरीको मोटरसाईकल प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।


ADVERTISEMENT

# # #


मोरङ सुन्दरहरैचा ९ बाट जय प्रसाद सिटौलाको घरमा पार्किङ गरि राखेको को ३४ प ३८६७ नम्बरको हिरो एचिभर १५० सिसि मोटरसाइकल गत साउन १६ गते राती हराएको थियो ।

कार्यक्षेत्र भित्रका बिभिन्न गतिबिधीहरुलाई प्रहरीले संवेदशनशील भएर नियालिरहेको अपराधलाई निरुत्साहित गर्दै शान्ति सुरक्षा कायम गर्न कटिबद्ध रहेको प्रहरीले जनाएको छ ।