काठमाडौँ – गृह सचिव प्रेम कुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौता भएको छ । मंगलबार गृहमन्त्रीलयमा गृह मन्त्री राम बहादुर थापा ‘बादल’को उपस्थितिमा सचिव राईले महानिरीक्षक खनालसंग सम्झौता गरेको हुन् ।


ADVERTISEMENT


उक्त अवसरमा गृह मन्त्री थापाले सम्झौताले आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकोले उत्कृष्ट नतिजा ल्याउन खरो रुपमा उत्रिन संकल्प गर्नुपर्ने बताए । राज्यले लक्ष्य राखेको विकास र समृद्धि हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे । उनले सम्झौता कामको एक विधिको साथै क्षमताको मूल्याङ्कनको आधार भएकोले राम्रो काम गरे राम्रो मूल्याङकन, बृत्तिविकास र नेतृत्व विकास हुने बताए । राज्यको लक्ष्य प्राप्ति र सुशासनलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।


ADVERTISEMENT

# # #


गृह सचिव प्रेम कुमार राईले विगतमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायि भएको चर्चा गर्दै आफ्नो कामलाई प्रणालीगत रूपमा अगाडि बढाएमा लक्ष्यमा पुग्न सफल भइने उल्लेख गरे । राज्यको लक्ष्य पूर्ति गर्न सबैले समान योगदान दिनुको साथै सम्झौता बमोजिम काम गर्न क्रियाशील हुनुपर्नेमा उनले जोड दिए ।

एक आर्थिक वर्ष अवधिको रहने उक्त कार्यसम्पादन सम्झौतामा सात वटा कार्य शर्तहरू र २२ वटा कार्यसम्पादन लक्ष्य र सूचकहरू रहेका छन् ।