काठमाडौँ – भारतीय विदेशमन्त्री सुव्रमन्नयम जयशंकर काठमाडौँ आइपुगेका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आएका हुन् ।


ADVERTISEMENT


उनलाई परराष्ट्र सचिव शंकर दास वैरागी र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुँदैछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्नेछन् । बैठकमा द्वीपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुनेछ ।


ADVERTISEMENT

# # #


बैठक सुरु हुनुअघि जयशंकरले प्रधानमन्त्रीलाई भेट्ने छन् । भेट दिउँसो २ बजे तय गरिएको छ । यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो उनको विदेशमन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हो । वि.सं २०७२ सालको नाकाबन्दी पहिले उनी संविधान रोक्न भन्दै मोदीको दूतका रुपमा नेपाल आएका थिए ।