काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले तीन जनाविरुद्ध गरेको जाहेरी काठमाडौँ प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।


ADVERTISEMENT


प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता तीन जनाविरुद्ध जाहेरी दिन बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । तर, प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गर्दै निकितालाई जिल्ला प्रहरी कार्यालय चितवन जान सल्लाह दिएको छ ।


ADVERTISEMENT

# # #


निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन खोजेकी थिइन् ।

परिसरका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पत्रकार पुडासैनीको मृत्यु प्रकरणका बारेमा चितवन प्रहरीले अनुसन्धान गरिरहेकाले आफूहरुले जाहेरी दर्ता नगरेको बताए ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।