काठमाडौँ – शेयर बजारमा झिनो सुधार आएको छ । बुधबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचकमा ०।४२ अंकको सुधार आएको छ । नेप्से ०.४२ अंकले बढेर १ हजार २ सय १४.०५ अंकमा पुगेको हो ।


ADVERTISEMENT


सेन्सिटिभ इन्डेक्स पनि ०.२२ अंकले बढेर २ सय ६३.४१ अंकमा पुगेको छ । आज बजारमा १६१ कम्पनीका १२ लाख ७० हजार ११८ कित्ता सेयर २९ करोड २६ लाख ४१ हजार ७१८ रुपैयाँमा कारोबार भयो ।


ADVERTISEMENT

# # #


कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ४ समूह उकालो लागे भने ८ समूह ओरालो लागे । उकालो लाग्नेमा ट्रेडिङ समूह सर्वाधिक ७.१ अंकले उकालो लाग्यो भने होटल समूह सर्वाधिक १५.१८ अंकले ओरालो लाग्यो ।