काठमाडौँ – प्रतिबन्धित भारतीय रुपैयाँ २ लाख ५० हजारसहित एकजना पक्राउ परेका छन् । प्रहरीले पर्सा वीरगंज महानगरपालिका–१६ ईनरुवास्थित शंकाराचार्य गेटबाट भारत बिहार वैशाली थाना लालगंज पोष्ट खन्जाहचक बस्ने ३६ वर्षीय मिथलेश कुमारलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ परेका कुमारबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरका ४६ थान र ५ सय दरका ३ सय १६ थान नोट बरामद गरेको छ ।


ADVERTISEMENT

# # #


पक्राउ कुमारलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारा पठाइएको छ ।