काठमाडौं – आगामी हप्तादेखि सुरु हुने यू-१९ एशिया कपका लागि श्रीलंका पुगेको नेपाली यू-१९ टिमले आज आफ्ना पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले एशिया कपको तयारीका लागि श्रीलंकाको एसएससी यू २३ क्लब संग खेल्दैछ ।


ADVERTISEMENT


वर्षाका कारण ४२ ओभरमा घटाइएको खेलमा नेपालले ब्याटिङको निम्तो पाएको छ । एसएससी यू–२३ ले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


एक सातापछि श्रींलकामा हुने एशिया कपको लागि नेपाल केही अभ्यास खेल खेल्ने लक्ष्यसहित अगाडि नै पुगेको छ ।

एशिया कप सेप्टेम्बर ५ देखी १४ सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका, बंगलादेश र युएई छन् । समूह ए मा भारत, पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समुहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।