काठमाडौं – नेपाल विद्युत प्राधिकरणले कर्मचारी सरुवा गरेको छ । यसपटक ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहको इञ्जिनियरहरुको सरुवा भएको छ ।


ADVERTISEMENT


एकैपटक ८५ जना अधिकारीहरु सरुवामा परेका छन् । प्राधिरकणले नियमित रुपमा भदौ महिनामा यस्तो सरुवा गर्दै आएको छ । यसपटक धेरै वितरण केन्द्र प्रमुख नै सरुवा भएका छन् ।


ADVERTISEMENT

# # #


प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ । एकै स्थानमा लामो समयसम्म कर्मचारी बसिरहँदा कार्यक्षमतामा ह्रास आउने भएकाले उनीहरुलाई प्रोत्सान स्वरुप नयाँ स्थानमा पठाइएको प्राधिकरणले जनाएको छ ।