काठमाडौँ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दक्षिण एसियाली मुलुकसहित सबै मित्रराष्ट्रसँग नेपालको सम्बन्ध न्यायो र मित्रवत् रहेको बताएका छन्।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयमा बंगलादेशको राष्ट्रिय सुरक्षा विद्यालयका प्रतिनिधिमण्डलसँग आज भएको अन्तक्र्रियामा उनले सबै मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध राखेर अगाडि बढ्ने बताए । नेपाल संयुक्त राष्ट्र संघ र असंलग्न आन्दोलनको सक्रिय सदस्य भएको उल्लेख गर्दै मन्त्री महराले राष्ट्र संघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनबाट निर्देशित परराष्ट्र नीतिको पक्षमा रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, “द्रुत गतिको आर्थिक तथा सामाजिक विकास नै दक्षिण एसियाली मुलुकको मुख्य उद्देश्य हो ।” समृद्धिका मुद्दामा दक्षिण एसियाली राष्ट्रसँग द्विपक्षीय एवम् बहुपक्षीय तबरमा सहकार्य भइरहेको बताउँदै उनले सार्क तथा बिस्टेकको संरचनाभित्र रहेर विकासका गतिलाई अझ तीव्र बनाउन सकिने बताए।

उनले उपक्षेत्रीय सहकार्यलाई पनि बिबिआइएनमार्फत महत्व दिइएको बताए । नेपाल सधैं मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ भन्दै मन्त्री महराले आर्थिक, सामाजिक एवम् सांस्कृतिकरुपमा सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । मन्त्री महराले बंगलादेशसँग प्रजातान्त्रिक मूल्य र मान्यता एवम् विकासका चुनौती पनि समान रहेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा बनाएर अगाडि बढ्न सकिने बताउनुभएको उनका प्रेस संंयोजक हरि लामिछानेले जानकारी दिए ।

सो अवसरमा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपालमा लगानीका लागि उपयुक्त अवसर भएको बताउँदै कानुनी रुपमा पनि लगानीका लागि उपयुक्त अवसर सिर्जना गरिएको बताए। उनले ऊर्जा, कृषि र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी गर्न सकिने बताए । उजले मुलुकका सबै राजनीतिक दल आर्थिक समृद्धिका मुद्दामा एक भएकाले नेपालमा लगानीका लागि उपयुक्त अवसर भएको सन्देश दिए ।