काठमाडौं – यू-१९ एशिया कपको लागि श्रीलंकामा रहेको नेपाली यू-१९ टिमले दोस्रो हार व्यहोरेको छ । तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाल शुक्रबार श्रीलंकाको चिल मरियन्स क्लबसंग ८९ रनले पराजित भएको हो ।


ADVERTISEMENT


२ सय २५ रनको लक्ष्य पच्छ्याएको नेपाल ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनमै समेटिएको हो । नेपालका लागि आसिफ सेखले ४५, भीम सार्कीले २६, रित गौतमले २५, पवन सर्राफले १२, हरिबहादुर चौहान र कुशल मल्लले ४–४, रोहित पौडेलले २ रन जोडे भने सन्दीप जोरा र रासिद खानले खाता नै खोल्न सकेनन्।


ADVERTISEMENT

# # #


कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको चिल मरियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनायो । नेपालका सुर्य तमाङ र पवन सर्राफले समान २र२ विकेट हात पारे । यस्तै सागर ढकाल, राशिद खान र कमल सिंहले समान १–१ विकेट लिए ।

यसअघि अघिल्ला दुई अभ्यास खेलमा नेपालले एक जित एक हार व्यहोरेको छ । नेपाली युवा टोलीले बिहिबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको थियो ।

पहिलो अभ्यास खेलमा भने नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।

एसीसी यू-१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ‘बी’मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।