काठमाडौं – नेपाल प्रहरीले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए।


ADVERTISEMENT

# # #


‘सुरुमा एटीएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ’ उनले भने।

प्रहरीले उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ। उनीहरुको नाम गोप्य राखिएको छ। प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने बताएको छ।