काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको दाबी गरेका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले ७ प्रतिशतको वृद्धिद्धर हाँसिल गरेर ईतिहाँसमा फड्को मारेको सुनाए । त्यस्तै, प्रशासनिक रुपमा पनि अति छिटो काम भएको उनको दाबी छ । उनले भने, ‘कर्मचारी समायोजनको कुरा भन्नुहोस वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौं ।’


ADVERTISEMENT

# # #


उनले वर्तमान सरकार संविधानअनुसार ऐन, कानून बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको सुनाए । उनकाअनुसार कतिपय कानून संघीय संसदमा पुगेको, कतिपय छलफलको क्रममा रहेको र कतिपय कानूनहरु मस्यौदाको प्रक्रियामा रहेका छन् ।

मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकोले कानुन निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले विश्वका कुनै पनि मुलुक जो केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तिव्र गतिमा काम गरेको ईतिहास नभएको जिकिर गरे । यद्धपी उनले जनताले चाहेकोजस्तो र उनीहरुको भावनाअनुसार काम भने हुन केही समय लाग्ने विश्वास दिलाए ।

उनले राष्ट्रसेवकहरुले सरकारले खटाएको ठाउँमा नगए कारबाही र दण्डित गर्ने चेतावनी दिए ।

फरक प्रसँगमा मन्त्री पण्डितले गौहत्या भएको विषयमा सरकारले अनुशन्धान गरिरहेको सुनाए । उनले भने, ‘यो प्रकरणमा कोही कसैले अपराध गरेको प्रमाणित भए सरकारले कारबाही गर्छ । दण्डित गर्छ ।’

सर्लाहीका श्याम परदेशीले सयौं गरिब, दुःखी जनतालाई सलामी ऋण कागज बनाएर दुःख दिएको कुरा बाहिर आएको विषयमा पनि सरकार गम्भिर रहेको उनको भनाई छ । उनले भने, ‘हामीले यो विषयमा विशेष चासो दिएका छौं । हामी गहिराईमा पुगेर अनुशन्धान गरिरहेका छौं । यो प्रकरणमा दोषी देखिएकालाई दण्डित गर्छौं ।’