काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तारको क्रममा रहेको चितवन नारायणगढ-मुग्लिन सडकखण्डको अवलोकन गरेका छन् ।


ADVERTISEMENT


अवलोकन गर्दै प्रधानमन्त्री देउवाले दशैँ अघि नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले सो सडक खण्डको हवाई अवलोकन पछि भरतपुरको आँपटारीमा रहेको दियालो बङ्गलामा अवतरण गरेको उनको सचिवालयले जनाएको छ । त्यहाँबाट निर्माणाधिन सडकखण्डको करिब १२ किलोमिटर दुरीसम्म प्रधानमन्त्री देउवाले स्थलगत अवलोकन गरेको  नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


आयोजना प्रमुख चन्द्र नारायण यादवले सडकको निर्माण प्रगति बारे प्रधानमन्त्रीलाई ब्रिफिङ्ग गरेका छन् । निर्माणाधिन ३१ दशमलभ ५ किलोमिटर सडकको ५२ प्रतिशत काम सकिएको दावी गरिएको छ । ५ किलोमिटर सडक मात्रै अहिले सम्म कालोपत्रे भएको छ । मुग्लिन देखि कालिखोला सम्मको खण्डमा अप्ठ्यारो पहाड फोर्ने काम वर्षाका कारण रोकिएको छ ।

सुस्त गतिमा काम भएको गुनासो बढेपछि सडक विस्तारको कार्य प्रगतिबारे प्रधानमन्त्री देउवाले चासो राखेका हुन् ।