काठमाडौँ – श्रीलंकामा जारी यू-१९ एशिया कप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित बनेको छ । कोलम्बोस्थित आर प्रेमदसा क्रिकेट मैदानमा टस जितेर ब्याटि थालेको नेपालले ९ ओभर खेल्दा पानी परेपछि खेल रोकिएको हो ।


ADVERTISEMENT


समूह ‘बी’ मा रहेको नेपाल र श्रीलंकाले जारी प्रतियोगिताको पहिलो खेल आज खेल्दैछन् । नेपालले पानी पर्नुअघि ९ ओभरमा २ विकेट गुमाएर ४३ रन बनाएको छ । ओपनिङमा आएका पवन सर्राफले पहिलो विकेटका लागि रित गौतमसंग १६ रनको साझेदारी गरे ।


ADVERTISEMENT

# # #


त्यसक्रममा उनी व्यक्तिगत ४ रनमा आउट भए । यस्तै आशिफ सेख १२ बलमा १ चौकासहित ७ रनमा आउट भए । श्रीलंकाका लागि दिलशान मादुशंकाले २ विकेट लिएका छन् ।

रित गौतम २१ रन बनाएर खेलिरहेका छन् । २७ बलमा उले ३ चौका प्रहार गरेका छन् । यस्तै कप्तान रोहित कुमार पौडेल २ रनमा नट आउट रहेका छन् ।