काठमाडौँ – नेपालले सिंगापुरमा टेष्ट राष्ट्र जिम्बावे र सिंगापुरसंग त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । ग्लोबल छनोटको तयारी स्वरुप सिंगापुर क्रिकेट एशोशिएसनले विश्वकप छनोट बाहिर रहेका नेपाल र जिम्बाब्वेलाई सिरिज खेल्न बोलाएको हो ।


ADVERTISEMENT


सिंगापुर क्रिकेट एसोसिएसनले शुक्रबार तीन देशले सिरिज खेल्ने घोषणा गर्दै खेल तालिका समेत सार्वजनिक गरेको हो । सिरिज २७ सेप्टेम्बर देखि ३ अक्टोबरसम्म चल्ने छ । जसमा नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २७ मा जिम्बाब्वेसंग खेल्नेछ ।


ADVERTISEMENT

# # #


खेल सबै सिंगापुर इण्डियन एशोसिएसन ग्राउण्डमा राती हुनेछन् ।

आईसीसीले सबै सदस्य राष्ट्रबीचको खेलहरुले टि–२० अन्तर्राष्ट्रिय मान्यता पाउने घोषणा गरेपछि सिंगापुरले खेल्न लागेको यो नै पहिलो सिरिज हो। २०१९ जनवरी देखि यो लागु हुँदै आएको छ।

जिम्बाब्वेको क्रिकेट बोर्ड निलम्बन भएसंगै आइसीसीले आफ्ना प्रतियोगिता खेल्नबाट रोक लगाएको छ । यता नेपाल गत महिना सिंगापुरमा भएको एशिया छनोटमा सिंगापुरसंग पराजित भएसंगै ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।

आसीसीको वरियतामा नेपाल ११ औँ स्थानमा रहेको छ भने जिम्बाब्वे १४ औं र सिंगापुर २१ औँ स्थानमा रहेको छ ।

यस्तो छ खेल तालिका

नेपाल भर्सेस जिम्बाब्वे : सेप्टेम्बर २७ (साँझ ७:३० बजे )
नेपाल भर्सेस सिंगापुर : सेप्टेम्बर २८ (साँझ ७:३० बजे )
नेपाल भर्सेस जिम्बाब्वे : अक्टोबर १ (साँझ ७:३० बजे )
नेपाल भर्सेस सिंगापुर : अक्टोबर २ (साँझ ७:३० बजे )