काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीको सुस्तामा नयाँ शाखा विस्तार गरेको छ । बैँकले सुस्ता गाउँपालिका वडा नं. ०१ स्थित बरुवामा आइतबार आफ्नो ९९औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हा ।


ADVERTISEMENT


सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनी, वडा अध्यक्ष अशोक कुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरि प्रसाद लम्साल लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।