काठमाडौँ – एनआईसी एशिया बैंकले बैतडीको पाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले पाटन नगरपालिका वडा नं ६ स्थित पाटनमा बिहीबारलेदा शाखा खोली कारोबार सञ्चालन गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले उद्घाटन गरेका छन् । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिहरकको छ ।