बुटवल – सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको सिद्धबाबामा पहिरोले दुई सवारी साधन पुर्दा एक जनाको मृत्यु भएको छ चार जना गम्भीर घाईते भएका छन् ।


ADVERTISEMENT


शुक्रबार बिहान गएको पहिरोले लु १ ज २६१७ नम्बरको जीप र लु १ च ५९३८ नम्बरको कार पुरेको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा जीप चालक रुपन्देहीका कमल परियारको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको छ ।

पहिरो क्षेत्रबाट प्रहरीले उद्धार गरेका गम्भीर घाईते चार जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।