काठमाडौं – महिला टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको एक स्थान खस्किएको हो ।


ADVERTISEMENT


१४ औं स्थानमा रहेको नेपाल एक स्थान झर्दै १५ औं स्थानमा पुगेको छ । शीर्ष स्थानमा अष्टे«लिया छ । दोस्रोमा इंग्ल्याण्ड तथा तेस्रोमा न्युजिल्याण्ड रहँदा चौथो स्थानमा वेष्ट इण्डिज र पाँचौं स्थानमा भारत छ ।


ADVERTISEMENT

# # #


पछिल्लो समय कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको महिला टोली अहिले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि प्रशिक्षणमा छ ।