काठमाडौँ – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले चाँडपर्व लक्षित योजना ल्याएको छ । कम्पनीले दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र रु। ९९ मा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने योजना ल्याएको हो ।


ADVERTISEMENT


चाडलाई हर्षोउल्हासका साथ मनाउनका साथै इन्टरनेटको माध्यम बाट सर्भशुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउनभन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस प्याकेज अन्तर्गत ग्रहाकहरुले मात्र रु.९९ (कर सहित)मा एक महिनाको लागि ३० एमबीपीएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियर टिभि प्रिमियम प्याकेज प्राप्त गर्न सक्नेछन् । जसमा ७५ भन्दा बढी एच.डी च्यनलहरु सहित २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन् ।

सथै मात्र रु. १९८ (कर सहित) मा ग्रहाकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्नेछन् जसमा २५ एमबीपीएस इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज रहनेछ ।