काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग दुई घण्टा लामो छलफल गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित थिए।


ADVERTISEMENT


प्रधानमन्त्रीसँग भएको बैठक बाँके घटना, नागरिकता विधेयकलगायतका विधेयकहरू लगायतमा केन्द्रित रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। बैठक कांग्रेस सभापति देउवाको आग्रहमा भएको बताईएको छ ।


ADVERTISEMENT

# # #


बाँके सभापति किरण कोइरालाको हात नेकपा कार्यकर्ताको आक्रमणबाट गत बिहीबार भाँचिएको भन्दै कांग्रेसले दोषीमाथि कारबाहीको माग राखेर आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरूद्ध गरेको थियो।