हेटौँडा – राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकार राजपालाई विश्वासमा लिई मधेश समस्या समाधान गर्न अनिच्छुक रहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


राप्रपा मकवानपुरले आज आयोजना गरेको कार्यकर्ता भेला र अन्तक्र्रियालाई आज यहाँ सम्बोधन गर्दै उनले मधेश समस्या समाधान गर्न सविधान संशोधन विधेयक संसद्मा निर्णयार्थ प्रस्तुत नगरेकाले राजपालाई विश्वासमा लिन नसकेको बताए ।


ADVERTISEMENT

# # #


राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी र सांसद गणेश थापाले पार्टी कार्यकर्ता पार्टीको नीति र सैद्धान्तिक पक्षलाई आत्मसात् गरी जनताको घरदैलामा पुगेर संगठन बढाउन क्रियाशील हुनुपर्ने बताए ।