काठमाडौं । प्रतिगामी तत्वहरुले टाउको उठाए चुप लागेर नबस्ने नेकपाका युवा विद्यार्थी नेताहरूले चेतावनी दिएका छन् । संविधान दिवसको सन्दर्भमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा माइतीघर मण्डलामा आयोजित शुभकामना आदान प्रदान तथा दीप प्रज्ज्वलन कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य खिमलाल भट्टराईले मुलुक प्रतिगमनतर्फ जान नसक्ने भन्दै प्रतिगामी तत्वहरुले टाउको उठाए नछाड्ने चेतावनी दिए । राष्ट्रिय सभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईले भने, ‘प्रतिगामीहरुले टाउको उठाउन खोजे युवा विद्यार्थीले त्यसको प्रतिवाद गर्नेछन् ।’
अनेरास्ववियूका संयोजक ऐन महरले युवा विद्यार्थी चुप वस्दा प्रतिगामीहरु सल्बलाउन थालेको भन्दै गणतन्त्र र संविधानको रक्षाको जिम्मा युवा विद्यार्थीहरुले गर्नेछ।
पाँचौ संविधान दिवसको सन्दर्भमा माइतीघर मण्डलामा आयोजित शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रममा नेकपाका युवा सांसदहरु झपट रावल, यज्ञराज सुनुवार, नविना लामा, अनेरास्ववियूका पूर्वअध्यक्षहरु ठाकुर गैरे, हिमाल शर्मा, माधव ढुंगेल, रत्न ढकाल, नेता सरोज यादव, अनिल शर्मा लगायतले दीप प्रज्वलन गरेका थिए ।


ADVERTISEMENT

# # #