काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘युवा परिचालन वर्ष– २०७६ अन्तर्गत काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक स्वयम् सेवक परिचालन’ कार्यक्रम सुरुवात गरेको छ ।


ADVERTISEMENT


आईतबार राष्ट्रिय युवा परिषद् तथा युएन नेपालको आयोजनामा महाशाखाले उक्त कार्यक्रमको सुभारम्भ गरेको हो । नेपाल प्रहरीले आत्मसाथ गरेको लोकप्रिय कार्यक्रम समदुाय–प्रहरी साझेदारी अवधारणा अनुरुप सहकार्य र सक्रिय संयक्तु सहभागिताको आधारमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने उक्त कार्यक्रम ल्याइएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार यस अभियानका लागि २३ वटा स्कुल कलेज, २ वटा युवा क्लब, १६ यातायात प्रालि, १० जना कलाकार, १२ जना एयरहोष्टेज समेतगरी जम्मा ५०० ट्राफिक स्वयम्सेवक परिचालित हुनेछन् । दशै तिहारलाई लक्षित गर्दै महाशाखाले स्वयम्सेवक ट्राफिक परिचालित गर्ने भएको हो ।

ट्राफिक स्वयम्सेवकलाई दरबारमार्ग, केशर महल, जमल, रणोद्धिप, त्रिचन्द्र कलेज, भोटाहिटी, वीर अस्पताल, जुद्ध शालिक, न्यूरोड, नागस्थान, थापाथली, त्रिपुरेश्वर, कोटेश्वर, बानेश्वर पानीट्याङ्की, नयाँ बसपार्क, माइतीघरमा खटाइनेछ ।

यस्तै सिंहदरवार, पुतलीसडक, कुपण्डोल, पुलचोक, कालीमाटी, महाराजगञ्ज, गौशाला, कंलकी लगायतका स्थानमा पनि उनीहरुलाई परिचालित गरिने महाशाखाले जनाएको छ । स्वयम्सेवक ट्राफिक प्रहरीको कार्यवधि १५ दिनको हुनेछ ।