काठमाडौँ – निजी लगानीको श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई ५ समयमै उडान गराउने भएको छ । श्री एयरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आन्तरिक उडानमा ८५ वर्ष पुगेका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँमै उडाउने जनाएको हो ।


ADVERTISEMENT


कम्पनीले घटस्थानपनादेखि लागू हुनेगरी ५ सय रुपैयाँ तिरेर बाँकी हवाई भाडा तथा इन्धन उपशिर्षकको शुल्क छुट पाउने गरी उक्त अफर ल्याएको हो । यस्तै कम्पनीले ७५ वर्ष पुगेका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट (इन्धन र ट्याक्सबाहेक) दिने भएको छ ।


ADVERTISEMENT

# # #


योसंगै जेष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने श्री एयरलाइन्स पहिलो निजी विमान कम्पनी भएको छ । यसअघि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले उक्त सुविधा प्रदान गर्ने घोषणा गरेको थियो ।
यसका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ। बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइट टिकट लिएकाले यो सुविधा पाउने छन्। एउटा उडानमा अधिकतम दुई जनालाई मात्रै यो छुट दिइने कम्पनीले जनाएको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेष्ठनागरिकलाई आन्तरिक उडानमा जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिन निर्देशन दिएको थियो । तर, निजी विमान कम्पनीले ५० प्रतिशत छुट दिन नसकिने बताएका छन् ।