काठमाडौँ, फागुन १७ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिउँसो ४ बजेको लागि मधेसी मोर्चासहितको प्रमुख ५ दलको बैठक बोलाएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीले मधेसी मोर्चासहित नेपाली कांग्रेस, नेकपा, नेकपा माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकलाई बैठकमा बोलाएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बैठक संशोधन प्रस्ताव र निर्वाचनको विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


मधेसी मोर्चाले संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुन नसक्ने बताउँदै आएको छ भने सत्तारुढ दलभित्रै संशोधनका विषयमा एकमतता रहेको छैन । यस्तो अवस्थामा कसरी निकास खोज्ने भन्ने विषयमा सहमति जुटाउने प्रयासस्वरुप प्रमले बैठक बोलाएको बुझिएको छ । हिजोमात्रै राप्रपा अध्यक्ष कमल थापाले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा आफ्नो पार्टी विपक्षमा रहेको जानकारी गराएको बताइएको छ ।

सत्तारुढ दलनै संशोधनको विपक्षमा रहेको भनिएको बेला संशोधन पारित गराउन सकस पर्ने देखिएको छ