काठमाडौं – नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
कँडेलले असोज १९ गते एक अपिल जारी गर्दै खुला तर्फको केन्द्रीय सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी रहने जानकारी गराएका हुन् ।
उनले पार्टीका नेता, महाधिवेशन प्रतिनिधि, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र तथा पालिका सभापति, शुभेच्छुक, जनसम्पर्क समितिका तर्फबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधि लगायत सम्पूर्ण शुभचिन्तकसँग साथ, सहयोग र शुभेच्छाको अपेक्षा गरेका छन् ।
कँडेलले आफ्नो उम्मेदवारीलाई सफल बनाउन महाधिवेशन प्रतिनिधिहरूको अमूल्य मतको अपेक्षा रहेको उल्लेख गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न नेताहरूले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ।
















