काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा बिहीबार बिहान दुबैबीच भेटवार्ता भएको हो ।


ADVERTISEMENT


भेटवार्ताका क्रममा नेपाल–अमेरिकाबीचको सम्बन्धलाई थप मजबुद बनाउने, दुबै देशबीचको विकास साझेदारीलाई अझ प्रभावकारी रुपमा अघि बढाउने लगायतका विषयमा छलफल भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


सभापति देउवाले अमेरिकी राजदूत बेरीसँगको भेटमा कैद गरिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, “अमेरिकी राजदूतसँग आज बिहान मेरो निवासमा भेट भयो । भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भयो ।”