काठमाडौँ – बि.संं. २०७४ साल साउनमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तीमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ ।


ADVERTISEMENT


उक्त बस्ती निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १० लाख सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रा.लि. (न्यूज २४) का महाप्रबन्धक सुधिर राजभण्डारी लाई हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


बाढीबाट घरबार गुमाएका उक्त मुसहर बस्तीका जनताहरुको आवास पुनः निर्माणको लागि २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टि.भि. जनता बैंक विपत्ती राहत कोष’ खाता संचालन गरिएको थियो । नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न व्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु.२ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो।