काठमाडौं । डोटीको बोगटान गाउँपालिका–६ गगुडाधारमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दिपायलबाट यात्रु लिएर बोगटान क्षेत्रका लागि हिँडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप राति १० बजे दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।


ADVERTISEMENT


दुर्घटनामा परी बोगटान गाउँपालिका—१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र शिखर नगरपालिका–१ कपल्केकी २८ वर्षीय चालक विष्णु नेगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घटनास्थल जिल्ला सदरमुकामबाट करिव पाँच घन्टाको दूरीमा भएकाले घाइतेहरुको उपचारमा समस्या भएको छ ।

शैलेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष गणेशबहादुर मलासीले दिएको जानकारी अनुसार, घाइते बोकेर आएको अर्को जीप के आई सिंह गाउँपालिका–१ को ध्याडीखोला भन्ने ठाउँमा पहिरो गएका कारण उतै रोकिएको छ ।

जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन । दुर्घटनाको कारण भने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।