काठमाडौं । तीन ठूला पार्टीका शीर्ष नेता, संसदको महिला तथा बालबालिका समिति, शिक्षा मन्त्री र सचिव र विज्ञहरूको बैठकले अनसनरत डा.गोविन्द केसीको मागप्रति सकारात्मक रहेको भन्दै अनसन तोड्न उनलाई आह्वान गरेका छन्।


ADVERTISEMENT


चिकित्सा सुधारको माग गर्दै ११ औँ पटक अनसनमा रहेका केसीको माग सम्बोधनका बिषयमा हरेक पटक गोलचक्कर हुने गरेको छ । सरकारले कुनै एउटा सम्झौतामा अनसनलाई पुर्याउँछ, तर कार्यान्वयन नहुँदा उही घुमिफिरी रुम्झाटार बन्छ केसीको अनसन ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको बैठकपछि यस्तो आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले हिमालय पोष्टलाई जानकारी दिए।

 

बैठकमा शीर्ष नेताहरूले डा. केसीका जायज माग पुरा गर्नु पर्ने धारणा राख्दै सबै माग भने पुरा गर्न नसकिने बताएका थिए।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी ११औं पटक अनसन बसेको आज १३ दिन भएको छ।

उनको स्वास्थ्य अस्थिर बन्दै गएको छ।