काठमाडौं – अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २ र ३ का केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका पनि केही स्थानमा हल्का वर्षा भइरहेको बताइएको छ ।


ADVERTISEMENT


महाशाखाले हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही उत्तर तर्फ सरेको र भारतको गुजरात तथा अरब सागर आसपासमा न्यूनचापीय प्रणाली रहेको जनाएको छ । अर्को न्यूनचापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको र हाल नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको पभावले मनसुनी गतिविधी केही सक्रिय रहेको पूर्वानुमान महाशाखाको भनाइ छ ।


ADVERTISEMENT

# # #


मौसमविद् बासीले मनसुनको अवस्था कहिले चाँडै सकिने भए पनि अहिले अलि पछाडि सरेको जनाइन् । यसअघि सेप्टेम्बर २३ को आसपासमा मनसुन टुंगिने गरेको थियो ।

आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसले सडक तथा हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने तथा पहाडी भूभागमा पहिरो जान सक्ने भएकोले सतर्क रहन पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरेर आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज र भोलि कन्काई, कोशी, कमला र बाग्मति नदीमा बहाव बढ्ने जनाएको छ । यस्तै आज बारा, मकवानपुर, सिन्धुली, उदयपुर, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम आसपासका क्षेत्रमा मध्यम तथा भारी वर्षा भएर प्रदेश १ र २को तराई र चुरेबाट बग्ने साना नदीमा बहाव सतर्कता तहसम्म पुग्न सक्ने समेत सो महाशाखाको पूर्वानुमान छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

असोज १२ गते (आईतबार)

दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ |

राती:  देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ। पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ |

असोज १३ गते (सोमबार)

दिउँसो: देशको पूर्व र मध्य भेगमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुनेछ। पूर्व र मध्यका  केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।

राती:  देशको पूर्व र मध्य भेगमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुनेछ। पूर्व र मध्यका  केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।

असोज १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।

राती:  देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।