चितवन । चितवनका भरतपुरमा जारी मतगणनामा एमालेका मेयरका एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादीकी उम्मेद्वार रेणु दाहाल मतान्तर ४ मा झरेको छ । देवीको माओवादीकी उम्मेद्वार रेणु दाहालसँगको मातान्तर अहिले ४ मतमा झरेको हो ।


ADVERTISEMENT


वडा नम्बर २० को १६ सय मत गणना हुँदा देवीले ४२ हजार ४१८ मत पाएका छन् भने रेणुले ४२ हजार ४१४ मत पाएकी छिन् ।


ADVERTISEMENT

# # #


वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता ओरालो लागिरहेको छ । अब रेणुभन्दा देवी ४ मतले मात्रै अघि छन् ।

बैशाख ३१मा भएको भरतपुरको चुनावपछि मतगणनाका क्रममा माओवादी कार्याकर्ताले १९ नम्बर वडाको मतपत्र च्यातेपछि फेरि मतदान गरेर मतगणना भइरहेको हो ।

अब २० नम्बर वडाको करिब १७ सय मत गन्न मात्रै बाँकी छ ।