काठमाडौँ– नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचिभएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३१६ मत प्राप्त गरेका थिए।


ADVERTISEMENT


संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह ३७० मतका साथ विजयी भएका छन् भने द्वितीय उपाध्यक्षमा ३८४ मत प्राप्त गरी माया शेर्पा विजयी भएकी छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै महासचिवमा कुलबहादुर गुरुङ ३८१ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिवमा ३५० मतका साथ टीकाराम गुरुङ र कोषाध्यक्षमा ३३२ मत प्राप्त गरी सुदर्शन न्यौपाने विजयी भएको नवनिर्वाचित सदस्य विनय शाक्यले जानकारी दिए ।

त्यसैगरी सदस्यमा प्रा डा हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसंी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी भएका छन्

शनिबार बिहान देखि अपराह्न ४ः२० सम्म मतदान भएको निर्वाचनको मतगणनाको परिणाम आज बिहान १ बजे सार्वजनिक भएको थियो । एक हजार ३९ मतदाता रहेकामा ७६० मत खसेको थियो । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित भएका छन् ।

तीन वर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वाचित भइसकेका छन् भने तीन सदस्य नोमिनेसनबाट चुनिने छन् । त्यस्तै पर्यटन विभागका महानिर्देशक सदस्य र संघका निवर्तमान अध्यक्ष अभिभावक सदस्य चुनिने जनाइएको छ । निर्वाचनमा जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । रासस