जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि मठ–मन्दिरको सौन्दर्यीकरण गरिनुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


रामानन्दीय वैष्णव संघ तुलसी स्मारक, जनकपुरधामले आयोजना गरेको आशिष तिलक तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मठमन्दिरको सौन्दर्यीकरणले मात्रै पर्यटक लोभिने बताए ।


ADVERTISEMENT

# # #


प्रदेश सरकारले मठमन्दिरको सौन्दर्यीकरण कार्य जानकी मन्दिरबाट सुरु गरिसकेको पनि बताए । मुख्यमन्त्री राउतले जानकी मन्दिरमा प्रत्येक वर्ष बजेट विनियोजन गर्ने योजना रहेको बताउँदै भने, “जानकी मन्दिर प्रदेशको धरोहर हो । यसको सौन्दर्यीकरणको लागि प्रत्येक वर्ष ५र७ करोड बजेट दिने योजना छ ।”

जानकी मन्दिर परिसरभित्र सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री राउतले यसको लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताए ।

रामभजन दासको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले जल, जमिन र जंगल प्रदेश सरकारको मातहतमा आउनुपर्नेमा जोड दिए ।

मन्त्री सोनलले सप्तरीको सखडा भगवती, सिरहाको सलहेश फुलवारी, जनकपुरको जानकी मन्दिर, महोत्तरीको जलेश्वरनाथ र बाराको सिम्रौनगढलाई धार्मिक करिडोरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।