६४ औं प्रहरी दिवस २०७६ को उपलक्ष्यमा ३ नं प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीले विविध कार्यक्रम गरी मनाएको छ । ३ नं प्रदेशका प्रदेश सभा सदस्य माननीय प्रदिप कटुवालको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा दुधौली नगरपालिकाका उप प्रमुख बाल कुमारी अधिकारी, अमर प्रहरी परिवार, पूर्व सांसद गंगा नेपाल नेपाली कांग्रेस सिन्धुलीका सभापति लगायत स्थानीय समाजसेवी तथा पूर्व प्रहरी कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


ADVERTISEMENT


कार्यक्रममा प्रमुख अतिथिबाट अमर प्रहरी स्मारकमा पुष्पहार अपर्ण गरी शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा अहोरात्र खटिने क्रममा वीरगति प्राप्त गर्नुहुने सम्पूर्ण अमर प्रहरी प्रति श्रदा सुमन अर्पण गर्नुभएको थियो । त्यसैगरी तालिम केन्द्रद्वारा सन्चालित बिभिन्न खेलकुदमा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण तथा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि कटुवालले समाजमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अपराध अनुसन्धान जस्तो मुख्य जिम्मेवारी बोकेको नेपाल प्रहरीको विकल्प नभएको र नेपाल प्रहरीको कार्यमा निस्वार्थ सहयोग गर्नु समाजमा रहने हरेक व्यक्तिको कर्तव्य रहेको कुरा व्यक्त
गर्नुभयो ।


ADVERTISEMENT

# # #



कार्यक्रममा पूर्व सांसद गंगा नेपाल तथा नेपाली कांग्रेस सिन्धुलीका सभापती उज्वल बरालले समाजमा सुशासन कायम गर्ने कार्यमा नेपाल प्रहरीले
पुर्याएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले अपराध अनुसन्धानको क्षेत्रमा विश्वमै उत्कृष्ठता हाशिल गरिरहेको नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमको माध्यमबाट समाजसंग सहकार्य गरिरहेको वताउनुभयो ।

त्यसैगरी संगठनलाई आवश्यक दक्ष, कुशल र व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गरिरहेको तालिम केन्द्रको वृहतर हित र विकासको लागि सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रहरी कर्मचारी, विभिन्न संघ संस्थाका महानुभावहरु तथा प्रहरीलाई सहयोग गर्ने सम्पूर्ण नागरिकहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा रहेको वताउनुभयो ।

प्रहरी दिवसकै अवसरमा केन्द्रमा सन्चालित अर्को कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले तालिम केन्द्रमा रहेर आफूलाई दिईएको जिम्मेवारीमा व्यावसायिकता र निष्ठता प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुका साथै केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई व्यावसायिक बनी नेपाल प्रहरीको छविलाई अझै उचाईमा पुर्याउन निर्देशन दिनुभयो ।