काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनपिङका लागि सुरक्षाकर्मीसँगै चिकित्सक र स्वास्थ्यकर्मी पनि खटिएका छन् ।


ADVERTISEMENT


उनको सवारी कार्गेटमा नेपाली सेना र काठमाडौंस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको गरी दुईवटा एम्बुलेन्स प्रयोग भएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट राष्ट्रपति सीको डाक्टरको रुपमा दुई डाक्टरहरु रहेका छन्। । हाडजोर्नी विषशेज्ञ डा.विप्लब सापकोटा र मुटु रोग विषशेज्ञ डा.शिवजी विक्रम सिलवाल खटिएका छन् ।


ADVERTISEMENT

# # #


चीनमै एमबीबीएस र एमडी गरेका सिलवाल उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का निजी चिकित्सक समेत हुन् । सी नेपालमा रहँदा डा. सिलवाल र डा. सापकोटा नेतृत्वको नर्भिक इन्टरनेशनल चिकित्सकको टिम साथमै रहनेछ ।

सीको कार्गेटमा सवार नेपाली सेनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम भने खुलाइएको छैन । सीको स्वास्थ्यमा कुनै समस्या आए छाउनीस्थित नेपाली सेनाको हस्पिटल र नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गर्ने तयारी छ । सीको साथमा चिनियाँ चिकित्सकहरुको टोली पनि छ ।