काठमाडौं – टी–२० विश्वकप छनोटको मुखैमा यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्धमा परेका छन् ।


ADVERTISEMENT


आईसीसीले म्याच फिक्सिङको आरोपमा कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो । आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी कप्तान नाभिदसहित तीन खेलाडीलाई प्रतिबन्धमा पारेको हो ।


ADVERTISEMENT

# # #


२०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकपको लागि यूएईमा यही शुक्रबारदेखि छनोट प्रतियोगिता सुरु हुँदैछ । तर प्रतियोगिताअघि आफ्ना तीन खेलाडीले खेल मिलेमतो गर्दै भ्रष्टाचार गरेको आरोपमा निलम्बन परेपछि यूएई टिम समस्यामा आएको छ ।