काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट प्राप्त हुनेछ ।


ADVERTISEMENT


उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेस प्रा लि.को तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठलजे हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७५ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।