धादिङ – पार्किङमा राखेको मोटरसाइकल चोरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका– ८ बस्ने तनँहु बन्दिपुर गाउँपालिका-२ पार्चे घर भएका २१ वर्षीय रोमन क्षेत्री भन्ने नारायण भण्डारी रहेका छन् ।


ADVERTISEMENT


उनलाई प्रहरीले काठमाडौंको भगवान बहालको सडकको पार्किङबाट बा ९ प ६९२१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमालाई मंगलबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


गत असोज ८ गते पार्किङबाट चोरी भएको उक्त मोटरसाइकल असोज २२ गते धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित पृथ्वी लोकमार्गमा नम्बरप्लेट समेत परिबर्तन गरी प्रदेश नम्बर ३-००२-००३ प १४८९ राखी सवारी दुर्घटना गराएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

भण्डारीलाई चोरी भएको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।