काठमाडौँ – दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोसिस गरेको अभियोग लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।


ADVERTISEMENT


आइतबार उनी अदालतमा उपस्थित भएको र उनको वयान सुरू भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले बताए।
२०४६ जेठमा काठमाडौंको चाबहीलमा खड्कालाई गुरूङ्गसहितको समूहले आक्रमण गरेको भन्दै सरकारी वकिल कार्यालयले गएको वैशाखमा उनी विरूद्ध मुद्दा दायर गरेको थियो।


ADVERTISEMENT

# # #


प्रहरीले गुरूङ फरार रहेकाले अदालतबाटै पक्राउ पूर्जी ल्याउन माग गरेको थियो। अदालतले जारी गरेको उपस्थित हुन आउने म्याद सहितको पक्राउ पुर्जी असोज ८ गते सांसद गुरूङले बुझेका थिए।